Kathmandu Press

नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २९ सय ४२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। 
नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २ : नेपालमा आइतबार थप २९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २९ सय ४२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गरेको जनाएको छ।

योसहित हालसम्म देशभर कोरोना संक्रमितको संख्या संख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ। 

त्यस्तै आइतबार कोरोनालाई जितेर २३ सय २६ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या ९२ हजार एक सय ६६ पुगेको छ।

हाल देशभर ३९ हजार तीन सय ४१ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल १२ हजार नौ सय ३३ जना संस्थागत आइसोलेसनमा र २६ हजार चार सय आठजना होम आइसोलेसनमा रहेको डा. गौतमले बताए।

प्रकाशित मिति: २२:२१ बजे, आइतबार, कात्तिक २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्