Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १६९८ जना कोरोना संक्रमित

काठमाडौंमा १४ सय ६९, ललितपुरमा एक सय ३० र भक्तपुरमा ९९ जना संक्रमित थपिएका छन्।
काठमाडौं उपत्यकामा थपिए १६९८ जना कोरोना संक्रमित

काठमाडौं, कात्तिक २ : काठमाडौंमा उपत्यकामा थप १६९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

उनका अनुसार काठमाडौंमा १४ सय ६९, ललितपुरमा एक सय ३० र भक्तपुरमा ९९ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा देशभर २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २३ सय २६ निको भएर डिस्चार्ज भएको डा. गौतमले बताए।

प्रकाशित मिति: २२:११ बजे, आइतबार, कात्तिक २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्