अस्पतालमा बेड नपाएपछि कोरोना संक्रमितको मृत्यु
धरान, कात्तिक २ : अस्पतालमा बेड नपाएपछि धरानका एक कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बेड नभएको भन्दै...
धरान, कात्तिक २ : अस्पतालमा बेड नपाएपछि धरानका एक कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बेड नभएको भन्दै फर्काएपछि धरान–१५ की एक वृद्धाको होम आइसोलेसनमा मृत्यु भएको हो। उनी कोरोना सङ्क्रमित भएपछि होम आइसोलेसनमा बसिरहेकी थिइन्।
शनिबार एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो। तर, प्रतिष्ठानले बेड नभएको भन्दै घर फर्काएको थियो। घर आउको केहीबेरमै मृत्यु भएको धरान –१५ का वडाध्यक्ष नरेश इवरामले बताए। उनलाई दुई दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रतिष्ठानमा बेड अभाव भएको जनाउँदै संक्रमितलाई भर्ना लिन छाडेको छ। यहाँ भेन्टिलेटर भएका १० शय्या भएपनि ६ वटाले काम गरेका छैनन्।
उपचार नपाउँदा मृत्यु भएकी वृद्धाको शव स्वास्थ्य सुरक्षा मापदण्डानुसार नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ।











