Kathmandu Press

दसैँ भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौँ : जनार्दन शर्मा 

काठमाडौं, कात्तिक २ : नेपाल कम्पुनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले कोरोना महामारीको समयमा सांसदलाई दसैं भत्ता बाड्ने पैसाले...
दसैँ भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौँ : जनार्दन शर्मा 

काठमाडौं, कात्तिक २ : नेपाल कम्पुनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले कोरोना महामारीको समयमा सांसदलाई दसैं भत्ता बाड्ने पैसाले भेन्टिलेटर किन्न आग्रह गरेका छन्।

आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो। यस्तो वेला दसैँ भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौँ।’

साथै उनले आफूले दसैँ भत्तास्वरूप पाएको रकम आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई हस्तानतरण गर्ने बताएका छन्। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

महामारीको समयमा जनताले अक्सिजनका लागि संघर्ष गर्नुपर्दा सांसदहरूले दसैँ मनाउन नियमित तलब र सुविधाबाहेक तीन करोड सात लाख ५४ हजार चार सय १० रुपैयाँ भत्ता लिएको तथ्य सार्वजनिक भएपछि यसको विरोध सुरु भएको छ। 

प्रकाशित मिति: २०:१४ बजे, आइतबार, कात्तिक २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्