Kathmandu Press

अब होम आइसोलेसनमा मृत्यु भएमा परिवारलेनै शव व्यवस्थापन गनुपर्ने

काठमाडौं, कात्तिक २ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन परिवारलेनै गर्नुपर्ने जनाएको छ। कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको...
अब होम आइसोलेसनमा मृत्यु भएमा परिवारलेनै शव व्यवस्थापन गनुपर्ने

काठमाडौं, कात्तिक २ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन परिवारलेनै गर्नुपर्ने जनाएको छ। 

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गर्दै मन्त्रालयले कुनै व्यक्तिको होम आइसोलेसनमा मृत्यु भएमा स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्नेछ।

नयाँ निर्देशिका अनुसार शव व्यवस्थापन गर्नेले पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई र्‍याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वा खटमा बोकेर घाटसम्म पुर्‍याउने काम पनि मृतकका आफन्तहरुले नै गर्नुपर्ने उल्लेख गरेको छ।

यसअघि कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन सरकारको निर्देशनमा नेपाली सेनाले गर्दै आएको थियो।

प्रकाशित मिति: १९:५२ बजे, आइतबार, कात्तिक २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्