Kathmandu Press

प्रदेश २ सरकारले छठपछि प्रदेश प्रहरीमा भर्ना लिने

जनकपुर, कात्तिक २ : प्रदेश २ सरकारले प्रदेश प्रहरीमा भर्ना लिनका लागि आन्तरिक तयारी गरिरहेको छ। चाँडपर्व सकिँएलगत्तै प्रदेश प्रहरीमा भर्ना लिने जनाएको...
प्रदेश २ सरकारले छठपछि प्रदेश प्रहरीमा भर्ना लिने

जनकपुर, कात्तिक २ : प्रदेश २ सरकारले प्रदेश प्रहरीमा भर्ना लिनका लागि आन्तरिक तयारी थालेकाे छ। चाँडपर्व सकिएलगत्तै प्रदेश प्रहरीमा भर्ना लिने प्रदेश सरकारले निर्णय गरेकाे छ।

आइतबार प्रदेश २ को मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रहरी भर्ना प्रक्रिया सुरु गर्न लागिएको बताए। दशैं, तिहार र छठ पर्व सकिएलगत्तै प्रदेश प्रहरीका लागि भर्ना खोलिने यादवले बताए।

प्रदेश २ सरकारले प्रहरी निरीक्षकसम्म भर्ना लिनेछ। प्रहरी निरीक्षकसँगै असई र प्रहरी जवानको भर्ना लिइने उनले बताए।

त्यस्तै, प्रदेश सभाको चौथो अधिवेशन अन्त्य गरिने भएको छ। प्रदेश सरकारको कर्मचारीहरुको सरुवा तथा काजसम्बन्धी कार्यविधि २०७७ पनि स्वीकृत गर्ने प्रदेश मन्त्रिपरिषदले निर्णय गरेको छ।

 

प्रकाशित मिति: १९:४२ बजे, आइतबार, कात्तिक २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्