सार्वजनिक यातायातमा यात्रुलाई फेससिल्ड अनिवार्य
काठमाडौं, कात्तिक २ : यातायात व्यवस्था विभागले अब सार्वजनिक बस चढ्नुअघि यात्रुले अनिवार्य फेस सिल्ड लगाउनपर्ने बताएको छ। सरकारले गत असोज २६ गतेखेखि सार्वजनिक...
काठमाडौं, कात्तिक २ : यातायात व्यवस्था विभागले अब सार्वजनिक बस चढ्नुअघि यात्रुले अनिवार्य फेस सिल्ड लगाउनपर्ने बताएको छ।
सरकारले गत असोज २६ गतेखेखि सार्वजनिक यातायातको सबै सिटमा यात्रु राख्न अनुमति दिएपछि यात्रुबीच दूरी कायम नहुने भन्दै यात्रुले अनिवार्य फेससिल्ड लगाउनुपर्ने बताएको हो।
असोज २६ पछि बसका सबै सिटमा यात्रु बस्न थालेका छन्। यात्रुले फेससिल्ड भने आफै व्यवस्था गर्नुपर्नेछ।
साथै, मास्क र स्यानीटाइजर पनि यात्रुले अनिवार्य लगाउनुपर्ने विभागले जनाएको छ।
प्रकाशित मिति: १९:३७ बजे, आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











