Kathmandu Press

कोरोना संक्रमणबाट विराटनगर र धरानमा थप तीनको मृत्यु

काठमाडौं, कात्तिक २ : कोरोना संक्रमणको कारण विराटनगरमा मोरङमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक,...
कोरोना संक्रमणबाट विराटनगर र धरानमा थप तीनको मृत्यु

काठमाडौं, कात्तिक २ : कोरोना संक्रमणको कारण विराटनगरमा मोरङमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक, नोबेल मेडिकल कलेजमा एक  र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजनाको उपचारको क्रममा मृत्यु भएको हो। 

विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको शनिबार राति  कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो।असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको पुरुषको राति ११   बजे मृत्यु भएको हो।

त्यस्तै, विराटनगरकै नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको मृत्यु भएको छ। क्यान्सर रोगबाट पीडित वृद्धको आइतबार बिहान मृत्यु भएको हो।

त्यस्तै, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा एक वृद्धको मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–९ का ७९ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो। 

असोज २६ गते कोरोन संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएक वृद्धमा मुटु सम्बन्धी रोग रहेको थियो।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३२ पुगेको छ।

प्रकाशित मिति: १८:११ बजे, आइतबार, कात्तिक २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्