Kathmandu Press

बर्दियाका ४२ वर्षीय कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु

बर्दिया, कात्तिक २ : बर्दियाको ठाकुरबाबा नगरपालिका—६ का ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ।नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत उनको आज बिहान २ बजे...
बर्दियाका ४२ वर्षीय कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु

बर्दिया, कात्तिक २ : बर्दियाको ठाकुरबाबा नगरपालिका—६ का ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत उनको आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए। उनको उपचारका क्रममै मृत्यु भएको जनाएको छ।

Hardik ivf

बिरामी भएपछि उनी असोज १५ गते कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा स्वाब परीक्षण गर्दा असोज १७ गते कोरोना पोजिटिभ देखिएको थियो।

त्यसपछि उनलाई थप उपचारका लागि भेरी अस्पतालमा रिफर गरिएको थियो। उनलाई कुनै पनि दिर्घरोग नभएको जनाएको छ।

योसँगै बर्दियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। अहिलेसम्म कोरोना संक्रमिको संख्या नौ सय सात पुगेको छ। उनीहरुमध्ये ६ सय ७० जना निको भएका छन्।

 

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, कात्तिक २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्