पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौं, कात्तिक १ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको...
काठमाडौं, कात्तिक १ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ७२७ पुगेको छ।
यस्तै, शनिबार नेपालमा थप ३१ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। संक्रमितमध्ये ८९ हजार ८४० जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १८०० जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:१२ बजे, शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











