सुदूरपश्चिम प्रदेशसभा सदस्य भट्टलाई कोरोना संक्रमण
कैलाली, कात्तिक १ : सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार सांसद भट्टमा...
कैलाली, कात्तिक १ : सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार सांसद भट्टमा कोरोना संक्रमण पुष्टि भएको हो। बैतडीबाट निर्वाचित सांसद भट्टलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कोरोना फोकल पर्सन भुवनराज जोशीले जानकारी दिए।
कोरोना संक्रमण पुष्टि भएपछि सांसद भट्ट घरमै आइसोलेसनमा बसेका छन्।
प्रकाशित मिति: २०:४५ बजे, शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











