वीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरीको छापा, २३ किलो सुन बरामद
वीरगञ्ज, कात्तिक १ : पर्साको वीरगञ्जबाट प्रहरीले साढे २२ किलो सुन बरामद गरेको छ। शनिबार वीरगञ्ज महानगरपालिका–५,रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टमा छापा मारेर प्रहरीले साढे...
वीरगञ्ज, कात्तिक १ : पर्साको वीरगञ्जबाट प्रहरीले २३ किलो बढी सुन बरामद गरेको छ।
शनिबार वीरगञ्ज महानगरपालिका–५,रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टको तेस्रो तलाको फ्लाट नम्बर ३०३ मा खानतलासी गर्दामा प्रहरीले २३ किलो बढी सुन बरामद गरेको हो।
पर्साकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले अपार्टमेन्टबाट सुन बरामद गरिएको जानकारी दिइन्। अपार्टमेन्टबाट एक केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद गरिएको एसपी पन्तले जानकारी दिइन्।
उनका अनुसार सुनका ६८१ ग्राम गहना पनि बरामद गरिएको छ।
प्रकाशित मिति: २०:२९ बजे, शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











