शेयर बजार केही सच्चियो
काठमाडाैं, वैशाख १६ : बजार इण्ट्राडेमा १३०० को मनोवैज्ञानिक टेवामुनि एक पटक गएपनि बजार बारम्बार १३०० को मनोवैज्ञानिक टेवामाथि बस्न सफल भएको थियो।....
काठमाडाैं, वैशाख १६ : बजार इण्ट्राडेमा १३०० को मनोवैज्ञानिक टेवामुनि एक पटक गएपनि बजार बारम्बार १३०० को मनोवैज्ञानिक टेवामाथि बस्न सफल भएको थियो।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४ दशमलव २१ ले घटेर १३१० दशमलव ३१ को विन्दुमा पुगेको छ। आज दोस्रो बजार परिसूचकमा ० दशमलव ३२ प्रतिशतको गिरावट देखिएको छ। आज दोस्रो बजार १३१४ दशमलव ५१ को विन्दुमा खुलेको थियो भने १३२२ दशमलव ९५ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२९९ दशमलव ०९ थियो। आज दिनभरमा एक अर्ब १९ करोड बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था :
आज सर्वाधिक कारोबार हुने :
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्योरेन्सको १४ करोड ६९ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने :
आज एनआईबीएल प्रगति फण्डका इकाई धनीले सर्वाधिक ५ दशमलव ६६ प्रतिशतले कमाए भने र राधी विद्युत कम्पनीका शेयरधनीले सर्वाधिक ७ दशमलव ५१ प्रतिशतले गुमाए।
प्राथमिक बजार गतिवधि
- गुराँस लघुवित्त वित्तीय संस्थाको वैशाख १६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मुल्यमा २ लाख ३३ हजार ६ सय २५ कित्ता शेयर आइपीओ खुला गरेको छ। लगानीकर्ताले वैशाख २० गतेसम्म आवेदन दिन सक्ने छन्।
प्राविधिक विश्लेषण :
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। वैशाख १६ गते बजार १३१० दशमलव ३१ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा ० दशमलव ३२ प्रतिशतले कम हो। आजको बजार प्रवृत्तिले स्पिनिङ्ग टप मैनबत्ती आकृति बनाएको छ। यसले बजारमा केही समयदेखि क्रेताको चाप रहेर आएकोमा आज क्रेताको चाप कमजोर हुनुका साथै माग र आपूर्तिको चाप लगभग बराबर रहेको संकेत गर्दछ।
आजको कारोबार रकम पनि एक अर्बभन्दा माथि नै भएपनि यसमा क्रेता र विक्रेता दुबैको चाप रहेको संकेत गर्दछ। ५० दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा नेप्सेको प्रवृत्ति माथि रहेकोले बजार अझै पनि सकारात्मक क्षेत्रमा रहेको बुझिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत तीन दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार १३२३ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने र तत्कालीन मनोवैज्ञानिक टेवा १३०० भनिएको थियो। आज बजार १३२२ दशमलव ९५ सम्मको “इन्ट्राडे” उच्च विन्दु बनाए पनि १३२३ भन्दा माथि स्थिर रहन नसकेकाले बजार केही सच्चिएको र १३०० को मनोवैैज्ञानिक टेवा क्षेत्रलाई आज दुई पटक परीक्षण गरेर बजार केही माथि फर्किएको छ।
दुई कारोबार दिन लगातार बढेको बजार आज प्रवृत्तिहीन रहेको देखिन्छ। आज बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्टे«न्थ इन्डेक्स ५५ दशमलव २१ अंकमा रहेको छ। स्टोकास्टिक अक्सिलेटरले बजार अझ केही सच्चिन सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित नेप्से प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेपनि यदि बजार १३२३ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गरेको छ। अर्को तत्कालीन प्रतिरोध १३४० देखि १३५० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, तत्कालीन मनोवैज्ञानिक टेवा १३०० मा रहेको देखिन्छ।