Kathmandu Press

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

काठमाडौं, कात्तिक १ : पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने भएका छन्। कोरोना महामारीका कारण पूर्वराजा शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको...
पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

काठमाडौं, कात्तिक १ : पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने भएका छन्। 

कोरोना महामारीका कारण पूर्वराजा शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका लगाइदिने कार्यक्रम स्थगित गरेका हुन्।

‘यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरुमा दर्शन गरी बक्सने कार्यक्रम र विजया दशमीका दिन टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ,’ पूर्वराजा शाहको सचिवालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

पूर्वराजा शाहले कोरोना महामारीका कारण यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरुको दर्शन पनि नगर्ने  उनको सचिवालयले जनाएको छ।

‘पूर्व श्री महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैं पर्व शान्त, शालीनता र सादगीका रुपमा मनाउने निधो गरिबक्सेको छ,’ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हेर्नुस् विज्ञप्ति : 

प्रकाशित मिति: १९:३४ बजे, शनिबार, कात्तिक १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्