Kathmandu Press

वीपी प्रतिष्ठान धरानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

धरान, कात्तिक १ : सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट झापा शिवगढी नगरपालिका–११...
वीपी प्रतिष्ठान धरानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

धरान, कात्तिक १ : सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट झापा शिवगढी नगरपालिका–११ का ५७ वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।  

सुनसरीका पुरुषको बिहान ७ बजेर १५ मिनेटमा र झापाका पुरुषको ७ बजेर ४६ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। झापाका ५७ वर्षीय पुरुषलाई शनिबार मात्रै प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो। माइस्थेनाग्राभिजका बिरामी उनलाई अस्पताल ल्याइएको केही समयमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। 

सुनसरीका ६५ वर्षीय पुरुषलाई गत असोज २८ गते कोरोना पुष्टि भएपछि असोज २९ गते अस्पताल भर्ना गरिएको थियो। योसँगै कोरोना संक्रमणबाट वीपी प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु हुनेकोको संख्या ६१ पुगेको छ। 

प्रकाशित मिति: १९:१८ बजे, शनिबार, कात्तिक १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्