प्रकाशमान सिंह भन्छन्- सरकारले आफ्नो भूमिसमेत दाबी गर्न सकेन
काठमाडौं, कात्तिक १ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको आरोप लगाएका छन्।नागार्जुन नगरपालिकाले सिउजाटारमा निर्माण गरेको ओपन...
काठमाडौं, कात्तिक १ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको आरोप लगाएका छन्।
नागार्जुन नगरपालिकाले सिउजाटारमा निर्माण गरेको ओपन फिटनेस पार्कको शनिबार उद्घाटन गर्दै उनले सरकारको परराष्ट्र नीति असन्तुलित देखिएको बताए।
हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूमि मिचिएको छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको उनले बताए। ‘आफ्नो राष्ट्रको भू-भाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ। यो दुर्भाग्य हो,’ उनले भने।
उनले अहिले ठूला भ्रष्टाचारकाण्ड भएको भन्दै त्यसको निष्पक्ष छानविनको पनि माग गरे। जतिसुकै ठूलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुनेमा उनले बताए।
नेता सिंहले करिब दुई तिहाइ बहुमत नजिकको वर्तमान सरकार सुशासन र शान्ति सुरक्षा दिन पनि असफल भएको बताए।











