Kathmandu Press

कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु

नेपालगञ्ज, कात्तिक १ : बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरका ६१ वर्षीय पुरुष र वडा...
कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु
सांकेतिक तस्वीर।

नेपालगञ्ज, कात्तिक १ : बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरका ६१ वर्षीय पुरुष र वडा नम्बर १८, कारकाँदोका १८ वर्षीय युवतीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठका अनुसार असोज २५ गते अस्पताल भर्ना भएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो। संक्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाज्मा थेरापी  लगायत सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आईसीयूमा उपचारकै क्रममा गएराति मृत्यु भएको हो।

मृतक पुरुषको असोज २४ गते स्वाब सङ्कलन गरिएको थियो भने पिसिआर रिपोर्ट असोज २५ गते पोजेटिभ आएको थियो। 

यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीय युवतीको गएराति १० बजे मृत्यु भएको उनले जानकारी दिए।

उनलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले  बताए।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।
 

प्रकाशित मिति: १६:३३ बजे, शनिबार, कात्तिक १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्