भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख नाघ्यो
काठमाडौं, कात्तिक १ : भारतमा थप ६५ हजारमा संक्रमण भएसँगै संक्रमित संख्या ७४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार १२६ जनामा...
काठमाडौं, कात्तिक १ : भारतमा थप ६५ हजारमा संक्रमण भएसँगै संक्रमित संख्या ७४ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ६५ हजार १२६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ३० हजार ६३५ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म ६५ लाख २१ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् ।
७ लाख ९५ हजार ६९६ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १३ हजार ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मिति: १३:३० बजे, शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











