Kathmandu Press

कांग्रेसको निष्कर्ष : जनस्वास्थ्यप्रति गैरजिम्मेवार र विज्ञका विश्लेषणलाई बेवस्ता गर्दा महामारीबाट जनता पीडित बने 

काठमाडौं, असोज ३०: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समितिले जनस्वास्थ्यप्रति गैरजिम्मेवार, अहंकारी र विज्ञान एवं विज्ञका विश्लेषणलाई बेवास्ता गर्दा...
कांग्रेसको निष्कर्ष : जनस्वास्थ्यप्रति गैरजिम्मेवार र विज्ञका विश्लेषणलाई बेवस्ता गर्दा महामारीबाट जनता पीडित बने 
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, असोज ३०: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समितिले जनस्वास्थ्यप्रति गैरजिम्मेवार, अहंकारी र विज्ञान एवं विज्ञका विश्लेषणलाई बेवास्ता गर्दा त्यस्ता मुलुकका नागरिकहरुले यो महामारीबाट अत्यधिक दुःख र पीडा भोग्नु परेको निष्कर्ष निकालेको छ। 

सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा रहेको समितिले शुक्रबार सभापित शेरबहादुर देउवालाई बुझाएको अनुगमन प्रतिवेदनमा सरकारले आम जनताका पीडा कम गर्ने प्रयत्न गर्नुको साटो गैरजिम्मेवार, भ्रष्ट र अधिनायकवादी चरित्र पदर्शन गरेको उल्लेख छ।
 
'संसारभरको अनुभवले के प्रष्ट्याएको छ भने, जनस्वास्थ्यप्रति गैरजिम्मेवार, अहंकारी र विज्ञान एवं विज्ञका विश्लेषणलाई बेवास्ता गर्दा त्यस्ता मुलुकका नागरिकहरुले यो महामारीबाट अत्यधिक दुःख र पीडा भोग्नु परेको छ,' विज्ञप्तिमा भनिएको छ,'नेपालको वर्तमान नेकपा सरकारले पनि आम जनताका पीडा कम गर्ने प्रयत्न नगरेको मात्र होइन, गरैजिम्मेवार, भ्रष्ट र अधिनायकवादी चरित्र प्रदर्शन गरेर परिस्थितिलाई थप जोखिमपूर्ण र भयावह बनाएको छ। जनताको जीवन र जीविकोपार्जन दुवैलाई सघाउन वर्तमान सरकार पूर्णतः अक्षम सावित भएको छ।' 
 

हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति: २३:३३ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्