Kathmandu Press

डब्ल्यूएचओले भन्यो - रेम्डेसिभिरले कोरोना संक्रमितको मृत्युदर घटाउँदैन 

काडमाडौं, असोज ३० : विश्वस्वास्थ्य संगठन (डब्लयूएचओ)ले रेम्डेसिभिरले कोरोना भाइरसका संक्रमितको अस्पताल बसाई र मृत्यदरमा कमी ल्याउन नसक्ने बताएको छ। डब्ल्यूएचोले गरेको क्लिनिकल ट्रायलमा...
डब्ल्यूएचओले भन्यो - रेम्डेसिभिरले कोरोना संक्रमितको मृत्युदर घटाउँदैन 

काठमाडौं, असोज ३० : विश्वस्वास्थ्य संगठन (डब्लयूएचओ)ले रेम्डेसिभिरले कोरोना भाइरसका संक्रमितको अस्पताल बसाई र मृत्यदरमा कमी ल्याउन नसक्ने बताएको छ। डब्ल्यूएचोले गरेको क्लिनिकल ट्रायलमा रेम्डेसिभिरले कोरोना संक्रमित अस्पतालमा बस्नुपर्ने समय नछोट्याउने र मृत्युदर कम नगर्ने देखिएको हो। 

रेम्डेसिभिर हाल कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको औषधि हो। यसको प्रयोग हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमासमेत प्रयोग भएको थियो। 

डब्ल्युएचोले कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न सकिने सम्भावित चार औषधिको प्रभावको मूल्यांकन गरेको थियो। जसमा हाइड्रोक्सीक्लोरोक्वाइन, रेम्डेसिभिर, एन्टि एचआइभी ड्रग कम्बिनेसन लोपिनाभिर–रिटानोभिर र इन्टरफेरन समावेश थिए। यी औषधि ३० देशका ११ हजार २६६ जना युवामा परीक्षण गरिएको थियो।  

डब्ल्यूएचओले बिहीबार अध्ययनको परिणामको समिक्षा गर्न बाँकी रहेको र समिक्षापछि प्रिन्ट सर्वरमा अपलोड गरिने जनाएको छ। यही महिनाको सुरुवातमा अमेरिकन साइन्स कम्पनी गिलियडले १ हजार ६२ जना रोगीमा गरेको परीक्षणमा रेम्डेसिभिरको प्रयोग गरेर उपचार गरिएका संक्रमित अन्य संक्रमितको तुलनामा पाँच दिन अघि नै ठिक हुने देखिएको समचार एजेन्सी रोयटर्सले जनाएको छ।

प्रकाशित मिति: २३:२६ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्