Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ३७ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

पोखरा, असोज ३० :  गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १६, गोरखाका ९, लमजुङ...
गण्डकी प्रदेशमा थपिए ३७ जना कोरोना संक्रमित, एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

पोखरा, असोज ३० :  गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १६, गोरखाका ९, लमजुङ र स्याङ्जाका चार–चार, बाग्लुङका दुई, कास्की र पर्वतका एक–एक जना गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ४७१ पुगेको छ।

यस्तै, गण्डकी प्रदेशको बागलुङको ढोरपाटन नगरपालिका– ७ का २५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ।

सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत ती पुरुष असोज २५ गते अस्पताल भर्ना भएका थिए। उनमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
 

प्रकाशित मिति: २३:०२ बजे, शुक्रबार, असोज ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्