Kathmandu Press

दिनेश कार्तिकले छोडे कलकत्ताको कप्तानी, मोर्गनले जिम्मेवारी सम्हाल्ने  

दिनेश कार्तिकले छोडे कलकत्ताको कप्तानी, मोर्गनले जिम्मेवारी सम्हाल्ने  

काठमाडौं, असोज ३० : दिनेश कार्तिकले इन्डियन प्रिमियर लिग (आईपिएल) टिम कोलकत्ता नाइट राइडर्सको कप्तानको जिम्मेवारी छोडेका छन्। युएईमा जारी आईपिएलमा कोलकाताले सोचअनुसार प्रदर्शन गर्न नसकेपछि कार्तिकले कप्तानी छाडेका हुन्।

कार्तिकले कप्तानी छाड्ने निर्णय गरेसँगै कोलकत्ताले इंग्ल्यान्डका कप्तान इओन मार्गनलाई कप्तानको जिम्मेवारी दिएको छ। ७ खेलमा ४ जीत र तीन हारको सामाना गरेको कोलकत्ता ८ अंकसहित चौथो स्थानमा छ। उनले सन् २०१८ देखि कोलकत्ताको कप्तानी सम्हालेका थिए।

Hardik ivf

कोलकत्ताले एक विज्ञप्ती जारी गर्दै कार्तिकले कप्तान छाडेको पुष्टि गरेको छ।  विज्ञप्तीमा भनिएको छ, ‘हामी भाग्यमानी हौं, किनकी हामीसँग दिनेश कार्तिक जस्ता टिम लिडर छन्। जसले सबैभन्दा पहिला टिमलाई राख्छन् उनको जस्तो निर्णय लिन जो कोहीले सक्दैनन्।’

कार्तिकले ब्याटिङमा केन्द्रित हुन कप्तानी छाड्ने निर्णय गरेको बताएका छन्। यो सिजन कार्तिकको ब्याट त्यति चल्न सकेको छैन। उनले ७ खेलमा १ अर्धशतकसहित १०८ रन मात्र बनाउनका सकेका छन्। यो पटक ब्याटिङमा असफल भएपनि कार्तिकले आईपिएलमा १८९ खेल खेल्दै १९ अर्धशतकसहित ३७६२ रन बनाएका छन्।

अनुभवी खेलाडी मोर्गनको कप्तानीमा टिमले राम्रो प्रदर्शन गर्न अपेक्षा कोलकत्ताको छ। कप्तानीका रुपमा मोर्गन सफल पनि छन्। उनकै कप्तानीमा सन् २०१९ मा इंल्यान्डले एकदिवसीय विश्वपक उपाधि जितेको थियो। यो सिजन मोर्गन उत्कृष्ट फर्ममा छन्। मोर्गनले सिजन कोलकत्ताका लागि ७ खेलमा १७५ रन बनाएका छन्।

प्रकाशित मिति: २२:०५ बजे, शुक्रबार, असोज ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्