मोरङमा ३२६ सहित प्रदेश १ मा थपिए ६५४ जना कोरोना संक्रमित
विराटनगर, असोज ३० : प्रदेश १ मा थप ६५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार गरिएको परीक्षणमा प्रदेश १ का विभिन्न जिल्लामा...
विराटनगर, असोज ३० : प्रदेश १ मा थप ६५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा प्रदेश १ का विभिन्न जिल्लामा थप ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। एक हजार ६४६ जनाको पीसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी ६५४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयलले जनाएको छ।
मन्त्रालयका अनुसार थपिएका कोरोना संक्रमित मोरङका ३२६, सुनसरीका २०९, झापाका ७४, संखुवासभाका ९, उदयपुरका चार, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङका दुई–दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेका छन्।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा ३२६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै कोरोना जितेर घर फर्किनेको संख्या पाँच हजार ३३९ पुगेको छ।
प्रकाशित मिति: २१:३७ बजे, शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











