Kathmandu Press

विद्युतीय धरापमा परेर पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए

ग्वादर, असोज ३० : पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन्। स्थानीय समय अनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु...
विद्युतीय धरापमा परेर पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए

ग्वादर, असोज ३० : पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन्। 

स्थानीय समय अनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका हुन्।  

Hardik ivf

ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना भएको हो। ग्वादरदेखि कराँचीसम्म तेल तथा ग्यास विकास कम्पनी लिमिटेडका कर्मचारीहरु पनि खटाइएको थियो। तर उनीहरु भने सुरक्षित रहेको जनाइएको छ।  

सैनिकहरु चढेको दुई ओटा सवारी साधन विद्युतीय धरापमा परेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्। विस्फोटन पछि सवारी साधन पनि पुरै जलेर नष्ट भएको छ। 

घटनाका बारेमा थाहा पाउनासाथ प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै मृतकका परिवारजन, इष्टमित्रप्रति सहानुभूति व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०:०१ बजे, शुक्रबार, असोज ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्