Kathmandu Press

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट प्रदेश १ मा थप ९ जनाको मृत्यु

मोरङ, असोज ३० : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीका पाँच तथा...
पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट प्रदेश १ मा थप ९ जनाको मृत्यु

मोरङ, असोज ३० : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेर्‍हथुमका दुई/दुई जना रहेका छन्। योसँगै यो प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पीसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कूल ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमितहरुमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, सङ्खुवासभाका नौ, उदयपुरका चार, भोजपुर, तेर्‍हथुम, इलाम र ताप्लेजुङका दुई/दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ। 

यो प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ३२६ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या पाँच हजार ३३९ पुगेको छ। अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १९:४४ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्