Kathmandu Press

नवरात्रीमा कुनैपनि शक्तिपीठ खोल्न नदिन गृहद्वारा ७७ जिल्लालाई परिपत्र

काठमाडौं, असोज ३० : यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ नखोल्न गृह मन्त्रालयले निर्देशन दिएको छ। बिहीबार ७७ वटै जिल्लाका प्रशासन...
नवरात्रीमा कुनैपनि शक्तिपीठ खोल्न नदिन गृहद्वारा ७७ जिल्लालाई परिपत्र

काठमाडौं, असोज ३० : यस वर्षको नवरात्रीमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ नखोल्न गृह मन्त्रालयले निर्देशन दिएको छ। बिहीबार ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै मन्त्रालयले कोरोना संक्रमणको जेखिम रहने भन्दै कुनै पनि मठमन्दिर र शक्तिपीठ नखोल्न निर्देशन दिएको हो। 

गृहद्वारा जारी परिपत्रमा मन्त्रिपरिषद्ले अर्को निर्णय नगरुन्जेलसम्मको लागि मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नभएको भन्दै दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै सीसीएमसीलाई प्रस्ताव पठाएपनि शक्तिपीठ खोल्नेबारेमा हालसम्म कुनै निर्णय भएको छैन।

प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्