Kathmandu Press

कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा थप दुईको मृत्यु

काठमाडौं, असोज ३० : कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा शुक्रबार थप दुई जनाको मृत्यु भएको छ। रुकुमपश्चिम चौरजहारी नगरपालिकाका ३३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा...
कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा थप दुईको मृत्यु

काठमाडौं, असोज ३० : कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा शुक्रबार थप दुई जनाको मृत्यु भएको छ। 

रुकुमपश्चिम चौरजहारी नगरपालिकाका ३३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। 

स्वास्थ्यमा समस्या देखिएपछि असोज २१ गर्ते अस्पताल पुगेका उनमा २२ गते कोरोना संक्रमण पुष्टि भएको हो। 

त्यस्तै, सुर्खेत गुर्भाकोट नगरपालिकाका २२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण शुक्रबार बिहान मृत्यु भएको हो। 
शौचालय गएको समयमा बेहोस भएका उनमा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। 

प्रकाशित मिति: १८:५९ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्