Kathmandu Press

गण्डकीमा एक हजार आठ सय २१ पुगे सक्रिय संक्रमित

पोखरा, असोज ३० : गण्डकी प्रदेशमा सक्रिय संक्रमतिको सङ्ख्या एक हजार आठ सय २१ पुगेको छ।प्रदेशमा कूल संक्रमितको संख्या पाँच हजार तीन सय...
गण्डकीमा एक हजार आठ सय २१ पुगे सक्रिय संक्रमित

पोखरा, असोज ३० : गण्डकी प्रदेशमा सक्रिय संक्रमतिको सङ्ख्या एक हजार आठ सय २१ पुगेको छ।

प्रदेशमा कूल संक्रमितको संख्या पाँच हजार तीन सय ५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले बताए।    

प्रदेशमा हालसम्म ७९ हजार तीन सय दुई जनाको कोरोना परीक्षण गरिएको छ। संक्रमितमध्ये तीन हजार चार सय ८८ जना निको भएका छन्।

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण अहिलेसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्