Kathmandu Press

बूढीगण्डकी आयोजनाबारे पूर्वप्रधानमन्त्री भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार : प्रधानमन्त्री ओली

काठमाडौं, असोज ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले गलत सूचना दिएर जनता नभड्काउन आग्रह गरेका छन्। बूढीगण्डकी जलविद्युत आयोजनामा घुस बाँडेर खाएको भन्ने...
बूढीगण्डकी आयोजनाबारे पूर्वप्रधानमन्त्री भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार : प्रधानमन्त्री ओली

काठमाडौं, असोज ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले गलत सूचना दिएर जनता नभड्काउन आग्रह गरेका छन्।

बूढीगण्डकी जलविद्युत आयोजनामा घुस बाँडेर खाएको भन्ने  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको बताउँदै उनले आफूले त्यस्तो गैरजिम्मेवार काम गर्न नसक्ने बताए।

‘देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लाने कुचेष्टा, त्यस्ता हर्कत हामी गर्न सक्दैनौं,’ उनले भने, ‘हामी सत्य निष्ठा र जिम्मेवारी भावका साथ मात्रै अगाडि बढ्न सक्छौं।’

शुक्रबार नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा बोल्दै उनले सरकारले भ्रष्टाचारविरूद्ध शून्य सहनशिलता नीति लिएकोसमेत बताए।

केही दिन अघि गोरखामा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजनामा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब रुपैयाँ बाँडेर कमिसन खाएको बताएका थिए।

भट्टराईले उक्त प्रमाण आफूसँग भएको बताएपछि नेकपा र कांग्रेसले विज्ञप्ति निकालेर प्रमाण पेश गर्न चुनौतीसमेत दिएको छ।

प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्