Kathmandu Press

कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु

बाँके, असोज ३० : बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ।  रुकुमको चौरजहारी नगरपालिका वडा नं १४...
कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु

बाँके, असोज ३० : बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ।  रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका  स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको पीसीआर परीक्षण गर्दा असोज २२ गते कोरोना संक्रमण देखिएको थियो। 

शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यावस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए। आफन्तजन र अस्पतालसँगको समन्वयमा शव व्यवस्थापनको प्रक्रिया चलिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

बाँकेमा यससहित बाहिरी जिल्लाबाट आई उपचारका क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्