Kathmandu Press

एकैदिन ३९ संक्रमित थपिएपछि दार्चुलामा निषेधाज्ञा

दार्चुला, असोज ३० : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि दार्चुला सदरमुकाम खलंगामा निषेधाज्ञा जारी गरिएको छ।जिल्ला प्रशासन कार्यालय, दार्चुलाले समुदायमा संक्रमण फैलिन नदिन...
एकैदिन ३९ संक्रमित थपिएपछि दार्चुलामा निषेधाज्ञा

दार्चुला, असोज ३० : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि दार्चुला सदरमुकाम खलंगामा निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले समुदायमा संक्रमण फैलिन नदिन महाकाली नगरपालिका ४ को सम्पूर्ण क्षेत्र र वडा नं. ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ। बिहीबार रातिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि निषेधाज्ञा लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी ज्वोत्सना भट्ट जोशीले बताइन्।

महाकाली नगरपालिका ४ र ५ मा कन्ट्याक्ट ट्रेसिङ गरिएका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा लगाएको जनाएको छ। यो अवधिमा आवतजावतमा पनि पूर्ण रोक लगाइएको छ।

निषेधाज्ञा अवधिभर अस्पताल, औषधि पसललगायत अन्य स्वास्थ्यसम्बन्धी निकाय र सुरक्षा निकायबाहेक अन्य कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द हुनेछन्।

बिहीबार ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। उनीहरुमध्ये १४ जना सशस्त्र प्रहरी ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका सुरक्षाकर्मी, दुई जना जिल्ला कारागार दार्चुलाका कैदीहरु, तीन जना रेडक्रस दार्चुलाका र बाँकी मोहतीका स्थानीय रहेका छन्।

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्