रुकुम पश्चिमका युवकको कोरोनाबाट बाँकेमा मृत्यु
नेपालगन्ज, असोज ३० : बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना भाइरस संक्रमितको आज बिहान मृत्यु भएको छ।रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ का...
नेपालगन्ज, असोज ३० : बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना भाइरस संक्रमितको आज बिहान मृत्यु भएको छ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ का ३३ वर्षीय युवकको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज २१ गते शिक्षण अस्पताल भर्ना गरिएको थियो।
उपचारका क्रममा उनको पीसीआर परीक्षण गरिएको थियो। असोज २२ गते आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो।
उनलाई शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना उपचार भइरहेको थियो। उपचारकै क्रममा आज बिहान युवकको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए।
आफन्तजन र अस्पतालसँगको समन्वयमा शव व्यवस्थापनको प्रक्रिया चलिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए।
योसँग बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ। जसमा १३ जना उपचारका लागि आएका अन्य जिल्लाका बासिन्दा हुन्।











