Kathmandu Press

लकडाउनपछि पहिलो नेपाली आरोहण दल बरुन्त्से हिमालमा

काठमाडौं, असोज ३० : लकडाउनपछि पहिलो अनुमति पाएको नेपाली आरोहण दल बरुन्त्से हिमालमा पुगेको छ। बिहीबार नेपाली आरोहण दलले बरुन्त्सेको सफल आरोहण गरेको...
लकडाउनपछि पहिलो नेपाली आरोहण दल बरुन्त्से हिमालमा

काठमाडौं, असोज ३० : लकडाउनपछि पहिलो अनुमति पाएको नेपाली आरोहण दल बरुन्त्से हिमालमा पुगेको छ। बिहीबार नेपाली आरोहण दलले बरुन्त्सेको सफल आरोहण गरेको हाे।

एसियन ट्रेकिङका प्रबन्ध निर्देशक दावा स्टेभन शेर्पाको नेतृत्वमा नेपाली आरोहण दलले बरुन्त्सेको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। बिहीबार दिउसो एउटै आरोहण दलका सात जना बरुन्त्सेको चुचुरोमा पुगेका हुन्।

समिरजंग थापा, दावा स्टेभन शेर्पा र नागा दाेर्जे शेर्पा। तस्बिरहरु : एसियन ट्रेकङ

विभागका अनुसार कोरोना महामारीका कारण गरिएको लकडाउनपछि आरोहणको अनुमति लिने यो पहिलो आरोहण दलको हो।

यो आरोहण एसियन ट्रेकिङले सञ्चालन गरेको हो। यसलाई 'नेपाल टुरिज्म रिकभरी इक्सपिडिसन २०२०' नाम दिएर दिइएको छ।

एसियन ट्रेकिङका अध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार बिहीबार दिउसो १२ः१५ बजे नागा दोर्जी शेर्पा, शमदेन भोटे र लाक्पा नुरु शेर्पा बरुन्त्सेको चुचुरोमा पुगेका हुन्। त्यसपछि १२ः२५ मा दावा स्टेभन शेर्पा र पेम्बा छेरिङ शेर्पा तथा १२ः४० मा समिरजंङ थापा र छेरिङ थुन्डु शेर्पाले सफल आरोहण गरेका हुन्।

बरन्त्से हिमालकाे दक्षिण पश्चिमी माेहडा।

बरुन्त्से हिमाल खुम्बु क्षेत्रमा पर्छ। यसको उचाइ सात हजार एक सय २९ मिटर रहेको छ। यसको आरोहणका लागि शेपाको नेतृत्वमा आरोहण दल भदौ २१ गते काठमाडौंबाट प्रस्थान गरेको थियो।

 

प्रकाशित मिति: १६:१३ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्