Kathmandu Press

बुटवलमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

बुटवल, असोज ३० : कोरोना भाइरसको संक्रमणबाट बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ।आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत कोरोना विशेष अस्पतालमा...
बुटवलमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

बुटवल, असोज ३० : कोरोना भाइरसको संक्रमणबाट बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ।

आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत कोरोना विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय बृद्धको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए। उनका अनुसार बृद्धको उपचारका क्रममा मृत्यु भएको हो।

कोरोना संक्रमण भएर असोज २१ गते अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा समस्या आएपछि असोज २५ गतेदेखि अस्पतालको सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।

उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा. थापाले बताए। योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ

विराटनगर कोरोना विशेष अस्पतालमा अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।  उनीहरुको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्