Kathmandu Press

गण्डकी प्रदेशका ६ जिल्लामा थप ५३ जनालाई कोरोना 

काठमाडौं, असोज ३० : गण्डकी प्रदेशका ६ जिल्लामा थप ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले शुक्रबार बिहान...
गण्डकी प्रदेशका ६ जिल्लामा थप ५३ जनालाई कोरोना 

काठमाडौं, असोज ३० : गण्डकी प्रदेशका ६ जिल्लामा थप ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले शुक्रबार बिहान एक बिज्ञप्ती जारी गर्दै गण्डकी प्रदेशका ६ जिल्लामा ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

निर्देशनालयका अनुसार कास्कीमा १९ जना, नवलपरासी वर्दघाट सुस्ता पूर्वमा १५ जना, बाग्लुङमा ७ जना, तनहुँमा ६ जना, गोरखामा ४ जना र लमजुङमा २ जना नयाँ संक्रमित थपिएका हुन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ आएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४०९ पुगेको छ । 

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्