Kathmandu Press

कोरोनाका बारेमा भ्रम छर्ने भिडियोहरु युट्युवले हटाउने

काठमाडौं, असोज ३० : युट्युबले कोरोना भाइरस (कोभिड १९) बारे भ्रम फैलाउने भिडियोहरु हटाउने भएको छ ।युट्युवमा पोष्ट भएका कतिपय भिडियोले समाजमा नकारात्मक...
कोरोनाका बारेमा भ्रम छर्ने भिडियोहरु युट्युवले हटाउने

काठमाडौं, असोज ३० : युट्युबले कोरोना भाइरस (कोभिड १९) बारे भ्रम फैलाउने भिडियोहरु हटाउने भएको छ ।

युट्युवमा पोष्ट भएका कतिपय भिडियोले समाजमा नकारात्मक असर परेको भन्दै ब्यापक आलोचना भएपछि युट्युवले त्यस्ता भिडियो हटाउने घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि कतिपय व्यक्तिहरुले कोरोनाविरुद्धको औषधि वा खोप पत्ता लागेको भन्दै युट्युवमा हालेका भिडियोहरु विवादमा परेका छन् ।

युट्युवका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, ‘कोरोनाभाइरसका विरुद्धमा प्रयोग हुने औषधी वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युवमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरु समेत आएकाले त्यस्ता भिडियोहरु हटाउने निर्णय गरिएको हो ।’

स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा भ्रम छर्ने भिडियोहरुले मानव जीवनमाथी नै खतरा उत्पन्न गर्न सक्ने भएकाले त्यस्ता भिडियो हटाउन बाध्य भएको उनको भनाइ छ । कस्ता कस्तो भिडियो हटाउने भन्ने बारेमा निर्देशिका नै बनाइएको युटुबले जनाएको छ । 

प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्