चितवनमा थप ५५ जनालाई कोरोना पुष्टि
काठमाडौं, असोज ३० : चितवनमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा परिक्षण गरिएका ३०५ नमुनामध्ये...
काठमाडौं, असोज ३० : चितवनमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा परिक्षण गरिएका ३०५ नमुनामध्ये ५५ जनाको रिर्पोट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
संक्रमितमध्ये ५१ जना चितवनका रहेका छन् भने पाल्पाको तानसेनका २ जना, रामपुरका १ जना र रुपन्देहीको सियारीका १ जना रहेका छन् ।
चितवनका ५१ संक्रमितमध्ये भरतपुर महानगरका १७, राप्ती नगरपालिकाका २०, खैरहनी नगरपालिकाका ८, कालिका नगरपालिकाका ५ र रत्ननगर नगरपालिकाका १ जना रहेको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले जनाएको छ ।
संक्रमित सबैको असोज २८ गते नमुना संकलन गरिएको थियो ।

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











