गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २९ : गण्डकी प्रदेशमा ५२ कोरोना संक्रमित थपिएका छन्।बिहीबार थपिनेमा सबै नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का छन्। उनीहरूको क्षयरोग उपचार केन्द्र...
काठमाडौं, असोज २९ : गण्डकी प्रदेशमा ५२ कोरोना संक्रमित थपिएका छन्।
बिहीबार थपिनेमा सबै नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का छन्। उनीहरूको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।
सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र संक्रमितको आइसोलेसनको व्यवस्थापन गर्ने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ३५६ जना पुगेको छ।
प्रकाशित मिति: ०१:२० बजे, शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1779700642-1779702715.jpg)

