Kathmandu Press

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

काठमाडौं, असोज २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आफूलाई कोरोना संक्रमण पुष्टि भएको...
राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

काठमाडौं, असोज २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आफूलाई कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष थापाले जानकारी दिएका छन्।  टाउको दुखेपछि थापाले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। बिहीबार आएको परीक्षणको रिपोर्टमा उनमा कोरोना संक्रमण  पुष्टि भएको हो।

ट्वीटरमा ट्वीट गर्दै थापाले भनेका छन्,‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाइका कारण कोभिड–१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ। अवस्था सामान्य छ। केही दिन यता मसंँ सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।’

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित हुन थापाले आग्रह गरेका छन्। 

 

प्रकाशित मिति: ०१:०९ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्