Kathmandu Press

उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने- मेरो जिम्मेवारी नेपालको मन्त्रिपरिषद्‍मा नौलो अभ्यास

काठमाडौं, असोज २९ :  उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले पाएको जिम्मेवारी नेपालको मन्त्रिपरिषद्‍मा नौलो अभ्यास भएको बताएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणपछि...
उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने- मेरो जिम्मेवारी नेपालको मन्त्रिपरिषद्‍मा नौलो अभ्यास

काठमाडौं, असोज २९ :  उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले पाएको जिम्मेवारी नेपालको मन्त्रिपरिषद्‍मा नौलो अभ्यास भएको बताएका छन्। 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणपछि उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी सम्भवतः नेपालको मन्त्रिपरिषद्‍मा नौलो अभ्यास भएको बताएका हुन्।

‘मेरो तहको व्यक्तिलाई यस्तो जिम्मेवारी दिइएको मलाई थाहा छैन,’ उनले भने,‘सम्भवतः यो नेपालको मन्त्रिपरिषद्‍मा नौलो अभ्यास हो।’ उनले आफूले पाएको जिम्मेवारी पूरा गर्ने बताउँदै नयाँ अभ्यास अमूर्त नहुने बताए।

उपप्रधानमन्त्री पोखरेले आफूले संरचनामै परिवर्तन ल्याउन आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएको बताए।  प्रधानमन्त्री ओलीले बुधबार मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका थिए।

ईश्वर पोखरेलले सम्हालेको रक्षा मन्त्रालय आफूसँग राखेर प्रधानमन्त्री ओलीले उनलाई उपप्रधानसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका थिए।
 

प्रकाशित मिति: ००:४१ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्