Kathmandu Press

मध्यबानेश्वरमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

काठमाडौं, असोज २९ : काठमाडौंको मध्य बानेश्वरमा बैकको सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ। ग्लोबल आइएमी बैंकका सुरक्षा गार्ड रूद्र बहादुर मगरमाथि बिहीबार...
मध्यबानेश्वरमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

काठमाडौं, असोज २९ : काठमाडौंको मध्य बानेश्वरमा बैकको सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ। ग्लोबल आइएमी बैंकका सुरक्षा गार्ड रूद्र बहादुर मगरमाथि बिहीबार दिउँसो खुकुरी प्रहार भएको हो।

मगरमाथि उनकै खुकुरी खोसेर प्रहार गर्ने व्यक्ति भने फरार रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ। 

बैंकमा लाइन बस्ने विषयमा विवाद हुँदा मगरमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। 

मगरको हातमा चोट लागेको कारण के एमसी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: २२:१४ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्