काठमाडौंमा १६९२ सहित उपत्यकामा थपिए १९३५ जना कोरोना संक्रमित
काठमाडौं, असोज २९ : काठमाडौंमा उपत्यकामा थप १९३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १९३५ जनामा कोरोनाको...
काठमाडौं, असोज २९ : काठमाडौंमा उपत्यकामा थप १९३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १९३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, बिहीबार नेपालमा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। संक्रमितमध्ये ८४ हजार ५१८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६९४ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर ३५६४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:०९ बजे, बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











