कोरोना संक्रमणबाट रूपन्देहीमा थप एक जनाको मृत्यु
भैरहवा, असोज २९ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट कञ्चन गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो...
भैरहवा, असोज २९ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट कञ्चन गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे उपचारका क्रममा भीम अस्पतलमा मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले जानकारी दिए।
कोरोना संक्रमित ती पुरुष बुधबार राति ८ बजेतिर अस्पताल भर्ना भएका थिए। उनमा उच्च रक्तचाप, मिर्गौला र मुटु सम्बन्धी समेत रोग गरेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: २१:४२ बजे, बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











