Kathmandu Press

ट्रम्पका छोरा ब्यारोनलाई पनि कोरोना संक्रमण

वासिङ्टन, असोज २९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा...
ट्रम्पका छोरा ब्यारोनलाई पनि कोरोना संक्रमण

वासिङ्टन, असोज २९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। 

प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई पनि कोभिड–१९ संक्रमण देखिएको लेखिएको छ।

Hardik ivf

राष्ट्रपति डोनाल्ड ट्रम्पसहित आफू र छोरा ब्यारोनलाई कोभिड–१९ को संक्रमण देखिएको उनले बताएकी हुन्।

राष्ट्रपति ट्रम्पका छोरा ब्यारोन आफ्ना पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन्। तर उनलाई कुनै लक्षण भने देखिएको थिएन। 

प्रथम महिला मेलानीयाले भनेकी छिन्, ‘परिवारका हामी तीनै जनालाई एकै पटक कोभिड–१९ देखियो, र यसबाट हामीले एक अर्कालाई ध्यान दिन सक्ने अवस्था सिर्जना भयो। राष्ट्रपति ट्रम्प भने निको भइसक्नु भएको छ।’

ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले संवाददाताहरुलाई छोरा ब्यारोनको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिए।

प्रथम महिला मेलानीयाले आफ्नो पछिल्लो स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताइन्।

प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, असोज २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्