Kathmandu Press

सप्तरीमा थप एक कोराना संक्रमित महिलाको मृत्यु

सप्तरी, असोज २९ : सप्तरीमा बिहीबार थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया महिलाको आज घरमै मृत्यु...
सप्तरीमा थप एक कोराना संक्रमित महिलाको मृत्यु

सप्तरी, असोज २९ : सप्तरीमा बिहीबार थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

कञ्चनरुप नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया महिलाको आज घरमै मृत्यु भएको हो। 

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले अर्बुद रोगबाट पीडित बिरामीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यही असोज २६ गते गरिएको पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको बताए। 

अर्बुदरोगलगायत विभिन्न दीर्घरोगबाट पीडित बिरामीमा संक्रमण देखिएपछि धरानका चिकित्सकले अर्बुदरोगको अन्तिम चरणमा रहेको भनी घर फर्काएका थिए। 

महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली बरमझिया पुगिसकेको नगर प्रमुख वसन्त मिश्रले जानकारी दिए। 

यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। 

त्यस्तै संक्रमितको संख्या एक हजार ४५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये एक हजार १५१ जना निको भएका छन्।

प्रकाशित मिति: १९:५९ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्