Kathmandu Press

कोरोनाबाट काभ्रेमा १० दिनको बीचमा दाइभाइको मृत्यु

काभ्रे, असोज २९ : कोरोना भाइरसको संक्रमणबाट काभ्रेमा दुई जनाको मृत्यु भएको छ।धुलिखेल अस्पतालमा उपचाररत बनेपा–१३ का ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको...
कोरोनाबाट काभ्रेमा १० दिनको बीचमा दाइभाइको मृत्यु

काभ्रे, असोज २९ : कोरोना भाइरसको संक्रमणबाट काभ्रेमा दुई जनाको मृत्यु भएको छ।

धुलिखेल अस्पतालमा उपचाररत बनेपा–१३ का ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार उनी एक महिनादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको थियो।

उनलाई भदौ २७ गते कोरोना संक्रमण देखिएको थियो। त्यहि दिन अस्पताल भर्ना भउका थिए। उनी मधुमेहबाट पीडित थिए।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनका भाइको पनि कोरोनाबाट मृत्यु भएको थियो। उनको भाइको असोज १८ गते मृत्यु भएको डा.झाले बताए। उनी ४५ वर्षका थिए।

त्यस्तै, बनेपाका ७७ वर्षीय बृद्धको पनि गएराति मृत्यु भएको छ। धुलिखेल अस्पतालमा डायलासिस गर्न गएका उनमा कोरोना संक्रमण देखिएको थियो।

उनको घरमै मृत्यु भएको डा.झाले बताए। उनी मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए।

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्