कोरोना संक्रमणबाट ललितपुरमा मात्रै ४८ को मृत्यु
ललितपुर, असोज २९ : ललितपुरमा कोरोना संक्रमणको कारण हालसम्म ४८ जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय...
ललितपुर, असोज २९ : ललितपुरमा कोरोना संक्रमणको कारण हालसम्म ४८ जनाको मृत्यु भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय संक्रमित रहेका छन्।
जिल्लामा कोरोना संक्रमितको संख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले बताए। उनले भने, धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेकाले यहाँ दिनानुदिन संक्रमतिको संख्या बढीरहेको देखिन्छ, सार्वजनिक यातायातमा हिँड्ने आधाजसो मानिसले मास्कको उचित प्रयोग नगर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि हेलचक्र्याइ गरिरहेका छन्।’
ललितपुर महानगरपालिकामा मात्रै सक्रिय संक्रमितको संख्या एक हजार ५८८ र मृतकको संख्या २७ पुगेको छ।
यसैगरी महानगरपालिकामा पुरुषभन्दा महिला संक्रमितको संख्इँ बढी छ । जसमा एक हजार ४८३ महिला र एक हजार ४०२ पुरुषले कोरोनाको प्रभाव झेलिरहेका ¥यापीड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताइन्।











