नवनियुक्त तीन मन्त्रीहरुले लिए पद तथा गाेपनियताकाे शपथ
काठमाडौं, असोज २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलमा थप गरेका तीन मन्त्रीले शपथग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा...
काठमाडौं, असोज २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलमा थप गरेका तीन मन्त्रीले शपथग्रहण गरेका छन्।
बिहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी हुन्।
बुधबार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा तीन जनालाई थप्दै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए।
प्रकाशित मिति: १८:१५ बजे, बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











