Kathmandu Press

बागलुङमा थपिए ५१ जना कोरोना संक्रमित

काठमाडौं, असोज २९ : बागलुङमा बिहीबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार संक्रमित हुनेमा १४ जना नेपाल...
बागलुङमा थपिए ५१ जना कोरोना संक्रमित

काठमाडौं, असोज २९ : बागलुङमा बिहीबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार संक्रमित हुनेमा १४ जना नेपाल प्रहरी, २० जना नेपाली सेना छन्।

त्यस्तै, काठेखोला गाउँपालिका ६ का दुई, तमानखोला गाउँपालिकाका ६, बागलुङ नगरपालिका ४ का एक पुरुष र अन्य ८ जनामा संक्रमण पुष्टि भएको हो। 

योसहित बागलुङमा कोरोना संक्रमितको संख्या पाँच सय ८५ पुगेको छ। जसमध्ये तीन सय ८८ जना कोरोनामुक्त भइसकेका छन्।

त्यस्तै, दुई जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ।

बिहीबार मात्र गण्डकी प्रदेशमा थप ९७ जनालाई कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

प्रकाशित मिति: १८:०० बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्