Kathmandu Press

बहराइनका राजकुमारले चढे मनास्लु हिमाल

काठमाडौं, असोज २९ : बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरेका छन्।उनका आज बिहान ६ः१० बजे मनास्लुको...
बहराइनका राजकुमारले चढे मनास्लु हिमाल

काठमाडौं, असोज २९ : बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरेका छन्।

उनले आज बिहान ६ः१० बजे मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले बताए। उनीसँगै बहराइनका शाही परिवारका सदस्य, सुरक्षा टोली, गाइड र शेर्पा गरी ५० जना मनास्लुको चुचुरोमा पुगेका हुन्।

मनास्लु संसारकाे आठाैं अग्लाे हिमाल हाे। यसकाे उचाइ आठ हजार एक सय ६३ मिटर छ।

यो टोलीको नेतृत्व मिङ्मा शेर्पाले गरेका थिए। उनले आठ हजार मिटर अग्ला १४ हिमालको आरोहण गरेका थिए।

त्यस्तै, बहराइनका राजकुमारको टोलीमा कीर्तिमानी आराेही छाङ दावा शेर्पा र टासी लाक्पा शेर्पालगायतका आरोही पनि सहभागी छन्।

राजकुमारको टोली असोज २० गते मनास्लु आरोहणका लागि गोरखाको सामागाउँ पुगेको थियो। राजकुमारको आरोहणको बन्दोबस्त सेभेन सम्मिट ट्रेक्स प्रालिले गरेको हो।

 

प्रकाशित मिति: १७:११ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्